site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–६ का २१ वर्षीय श्यामकुमार दर्जी छन् ।

१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको शुक्रबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको कात्तिक १९ गते राति ती किशोरीलाई मोरङको सुन्दरहरैँचा नगरपालिका–४, कुटिटोलस्थित श्यामकुमारको दाइको कोठामा लगेर बलात्कार गरेको भन्ने उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्