site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कसले तिर्‍यो सबैभन्दा धेरै कर ? (सूचीसहित)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो ।

विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ । 

suchi-tax-1731732337.jpg
पर्यटन व्यवसायतर्फ सबैभन्दा धेरै कर तिर्नेमा तारागाउँ रिजेन्सी होटेल छ । 

वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको छ । 

विशेष उद्योगहरुमध्ये आयविवरण अनुसार सबैभन्दा बढी आयकर बुझाउनेमा बरुण विभरेज नेपाल छ । रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा धेरै कर तिर्नेमा सिटी एक्सप्रेस मनी ट्रान्सफर छ । 

IMG_7886-1731732439.jpg

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, गत आर्थिक वर्षमा ५० करोड देखि एक अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ ।

IMG_7872-1731732438.jpg

ऊर्जामुलक उद्योगतर्फ भोटेकोसी पावर कम्पनी, व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् । 

IMG_7866-1731732438.jpg

विसं. २०७५ साउन देखि २०८१ असार मसान्त सम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रुपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरिएको छ । 

IMG_7913-1731732444.jpg

IMG_7876-1731732443.jpg

IMG_7900-(1)-1731732443.jpg

IMG_7890-1731732442.jpg

IMG_7924-1731732442.jpg

IMG_7882-1731732441.jpg

IMG_7920-1731732441.jpg

IMG_7880-1731732440.jpg

IMG_7923-1731732440.jpg

IMG_7894-1731732439.jpg

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्