site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाले कहाँ कहाँ टुंग्यायो उमेदवार ? 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन हुने केही स्थानका उमेदवार टुंग्याएको छ । स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीले केही उमेदवार चयन गरिएको विज्ञप्तिमार्फत जनाएका छन् । 

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढालाई उमेदवार बनाउने निर्णय भएको छ । कालिकोटको नलगाड नगरपालिकाको उपाध्यक्ष पदमा पार्वती पुन र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदमा गोमा श्रेष्ठ उमेदवार चयन भएकी छन् । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा सुजता फडेरा (थापा)लाई उमेदवार बनाउने निर्णय गरेको छ । काठमाडौं महानगरपलिकाका–१६ को वडा अध्यक्षमा रोजीना श्रेष्ठ उमेदवारका लागि चयन भएकी छन् । 

काठमाडौंको कीर्तिपुर नगरपालिकको मेयर पदको उमेदवार चयन प्रक्रियामा रहेको जनाइएको छ । अरु केही वडा अध्यक्ष पदमा उमेदवार चयन भएका छन् । उपनिर्वाचन हुने ४२ पदमध्ये केही स्थानको उमेदवार चयन प्र्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ । त्यसका लागि मंसिर २ गते उमेदवारी दर्ताको कार्यक्रम छ । 

raswopa-1731500793.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्