site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से साढे ६२ अंकले बढ्यो, सबै समूहमा हरियाली

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६२.५४ अंकले बढेको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत बढेर २,७३८.०६ विन्दुमा बन्द भएको हो ।

यस दिन नौ अर्ब ७७ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २२८ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ कम्पनीको सेयरमूल्य घटेको छ । सोल्टी होटेल, स्वावलम्बन लघुवित्त र युनिलिभर नेपालको सेयरमूल्य भने स्थिर छ ।

आज कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । कारोबारमा आएका १३ समूहमध्ये सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक बढेको छ । यस समूहको परिसूचक ४.२६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्