site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली अस्वस्थ 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ज्वरो आएपछि भेटघाट रोकिएको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालय सदस्य प्रकाश सिलवालले ज्वरो आएपछि प्रधानमन्त्री ओलीले आराम गरिरहेको बताए ।

“उहाँलाई ज्वरो आएको छ । भेटघाट कार्यक्रम स्थगित गरिएको छ । चेकजाँचको काम भइरहेको छ,” सिलवालले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्