site stats
बाह्रखरी :: Baahrakhari
देश
अञ्जली दिदीले लगाइदिइन् सामूहिक भाइटीका

काठमाडौं । अञ्जली दिदीले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् ।

विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले आइतबार काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएकी हुन् ।

उनले आफूले यही स्थानमा निरन्तर २६ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिइन् । यस वर्ष पनि उही सम्मान, माया र निस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको उनको भनाइ छ ।

अञ्जली दिदीले निरन्तर आफूसँग तिहारका टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेकी थिइन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्