site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा जुवाको खालबाट ९ लाख रुपैयाँसहित १५ जना पक्राउ

काठमाडौं । सुनसरीमा जुवाको खालबाट नौ लाख रुपैयाँसहित १५ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट गएको प्रहरीको टोलीले नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार, जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ ।

अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ । उनीहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसुर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्