site stats
बाह्रखरी :: Baahrakhari
देश
सवारी दुर्घटनामा एकजनाको मृत्यु, २६ घाइते

सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

२६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ । 

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । 

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्