site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भदौमा महँगी घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार मुद्रास्फीतिदर (महँगी) घटेको छ । 

आर्थिक वर्ष २०८१/०८२ को साउन महिनामा ४.१० प्रतिशत रहेको महँगी भदौ महिनामा ३.८५ झरेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीतिदर ८.१९ रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ र गरै खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ ।  

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्