site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
झलनाथले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा उनले सरकारबाट प्राकृतिक विपत्तिको पूर्वतयारी राम्रो हुन नसक्दा जनधनको ठूलो क्षति भएको उल्लेख गरे । जनता समस्यामा परेका भन्दै उनले वर्तमान सरकारले राजीनामा दिनुपर्नेमा जोड दिए ।

उनले हाल सरकार भएको आभास नभएको बताए । त्यसैले जनताले आफ्नो सरकार बनाउने बाटो खुला गरिनुपर्ने उनको भनाइ थियो ।

वर्तमान सरकार पूर्ण रूपमा ‘फेल’ भएको भन्दै विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।

खनालले मौसमविद्ले ठूलो वर्षा हुन सक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो क्षति भएको बताए । सरकारको लापरबाहीका कारण जनता समस्यामा परेका उनले उल्लेख गरे ।

उनले प्राकृतिक विपद्पछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रित गरिएको बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्