site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ लोकार्पित 

काठमाडौं । साहित्यकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ एक कार्यक्रमका बीच लोकार्पित भएको छ । बिहीबार प्रज्ञा प्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी, प्रा.डा. ज्ञानू पाण्डे, नयनराज पाण्डेलगायतले कृति सार्वजनिक गरे ।

प्रमुख अतिथि प्रा.डा. सुवेदीले कृति लोकार्पण गर्दै सुमनको साहित्यिक योगदानको चर्चा गरे । उनले भने, “सुमनले कतिपय कथा फरक दृष्टिकोण र शैलीका साथ लेखेकी छन् । कथामा उनले आफ्नो लेखकीय स्वतन्त्रताको उच्च प्रयोग गरेकी छन् ।”

Argakhachi Cement Island Ad

साहित्यकार प्रा.डा. ज्ञानू पाण्डेले कृतिकारको चर्चा गर्दै सुमनले समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर समाजको अध्ययन गर्न खोजेको बताइन् । उनले कथामा समाजको चित्रण राम्रो रहेको बताउँदै भनिन्, “साहित्यकार समाजका मनोचिकित्सक हुन् । तिनले समाजका अन्तरङ घाउलाई साहित्यमार्फत उजागर गरेर त्यसको उपचारको बाटो देखाइदिन्छ ।”

आख्यानकार नयनराज पाण्डेले कथाकृतिमाथि पाठकीय मन्तव्य राख्दै सुमनका कतिपय कथाहरू फरक शैलीको भएको बताए । उनले सुमनलाई साहसी कथाकार भन्दै उनले हरेक कथामा फरक खालका विषयवस्तुको उठान गरेको बताए ।

कार्यक्रममा कथाकार सुमन वर्षाले आफ्नो कथा लेखनबारे बताइन् । उक्त अवसरमा विनोदचन्द्र वन्त, जगत् तिमिल्सिना, डा. सविना बस्नेत, शिखा बुक्सका पुष्पराज पौडेलले बोले ।

कथाकृति अभ्यन्तर शिखा बुक्सले बजारमा ल्याएको हो । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्