site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा मध्यम वर्षा, थप हुने देखिएकाले सजग रहन आग्रह

काठमाडौं । पछिल्लो एक घण्टामा कास्कीको पोखरा, लामापाटन र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।

बिहीबार साँझ ७:५० बजे जल तथा मौसम विज्ञान विभागले थप वर्षा हुने देखिएकाले सतर्क रहन आग्रह गरेको छ । विभागले सेती नदी, फुस्रे खोलालगायत ससाना खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्