site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले सहकारी पीडितको रकम फिर्ता हुनुपर्ने बताए । 

उनले कुन प्रक्रियाबाट फिर्ता गर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी गराए । 

“सरकारी पीडितको समस्या समाधान गर्ने कुरामा सरकार एकदमै गम्भीर छ,” उनले भने, “पैसा कहाँ कहाँ पुर्‍याइसकेको छ । उल्फाको धन भएका बेला उडाएको छ । त्यो रकम फिर्ता हुनै नसक्ने अवस्था हुन सक्छ । कतिसम्म रकम फिर्ता गराउन सकिन्छ, के प्रक्रियाबाट गर्न सकिन्छ भन्ने कुरा कानुनको दायाराभित्र रहेर गर्नुपर्‍यो । सरकार प्रतिबद्ध छ ।”
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्