site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाढीपहिरो आउने कुरालाई रोक्न सकिँदैनथ्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी र पहिरोमा गर्न सक्नेसम्मको प्रयास गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्कने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले बाढी आउने कुरालाई रोक्न नसकिने जवाफ दिए । 

“विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास तत्काल बैठक बसेर, तत्काल सेना प्रहरी खटेर उद्धार कार्य गरेको छ । अब बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । उद्धार गर्ने कुरा हो, राहत पुर्‍याउने कुरा हो । सूचना गरेर पहिरो जाँदैन,” उनले भने । सरकारले तदारुकताका साथ उद्धार र राहत पुर्‍याउने काम सरकारको भएको बताए । 

ओलीले काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना नगरिएको बताए । “काठमाडौंमा यस्तो गरी बाढी आउला भन्ने कल्पना पनि थिएन । यस्तो कुरालाई वस्तुगत ढंगले लिनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्