site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अखिल क्रान्तिकारीमा उमेरहद लगाउने तयारी, अध्यक्षका आकांक्षी सबै बिदा हुन सक्ने !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)मा उमेरहद लगाउने तयारी गरिएको छ । निर्वाचनमा प्रवेश गर्नुअघि पार्टी हेडक्वार्टरले निर्वाचनका कार्यक्रम सोमबारसम्म स्थगित गरिदिएको छ ।

अब सोमबार पहिलो चरणमा हलमा उमेरहदको विषयमा मतदान गर्ने तयारी गरिएको छ । क्रान्तिकारीमा उमेरहद २८ वर्ष, ३० वर्ष  र ३२ वर्ष कुन लगाउने भनेर पनि बहस छ । उमेरहदको विषय पारित भएर आशन्न महाधिवेशनमै लागु हुँदा अध्यक्षका सबै आकांक्षी बिदा हुने देखिन्छ ।

नन्दकिशोर पुनका छोरा दिपेशसहित आकांक्षीहरू एकसाथ अखिलबाट बिदा हुने अध्यक्षका आकांक्षी जीपी मैनालीले जानकारी दिए ।

उनका अनुसार, अध्यक्षका आकांक्षी मात्र नभएर वर्तमान कार्यसमितिका सबै पदाधिकारीले एकसाथ बिदा हुने छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा भने यसअघि नै ३२ वर्षे उमेरहद लागु भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्