site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कालीमाटीमा हरियो तरकारी भेट्नै मुस्किल, भएका पनि निकै महँगोमा बिक्री

काठमाडौं । कालीमाटी तरकारी बजारमा हरियो तरकारी खासै देखिँदैन । भएको पनि खुद्रा व्यापारीले महँगोमा बिक्री गरिरहेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार, झरी अगाडि र झरी पछाडिको हरियो तरकारीको मूल्य उच्च दरले बढेको छ ।

समितिले कालीमाटी बजारमा धनियाँ प्रतिकेजी ४०० रुपैयाँ केजीमा पाइन्छ भनेर मूल्य सूची राखेको छ । तर, बजारभित्र रहेको खुद्रा बजारका व्यापारीले धनियाँ प्रतिकेजी ८०० रुपैयाँमा राखेको र प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री गरिरहेको बताउने गरेका छन् ।

Vegetable-Hariyo-Tarkari-(6)-1727617832.jpeg
उनीहरूका अनुसार, आज, भोलि र पर्सिसम्म तरकारीको मूल्य अत्यधिक बढ्ने छ । कालीमाटीमा धेरैजसो काठमाडौं बाहिरका जिल्लाबाट हरियो तरकारी आउने गर्छ । नाका वरिपरि पहिरो जाँदा कालीमाटीमा तरकारी आउने क्रम कम भएको छ ।

समितिका अनुसार, आज दिउँसोसम्म बजारमा ३८ मेट्रिक टन तरकारी आएको छ । हिजो (शनिबार) १५७ मेट्रिक टन तरकारी कालीमाटी बजारमा भित्रिएको थियो । यसअघि, सामान्य अवस्थामा दैनिक ६०० देखि ७०० मेट्रिक टन तरकारी कालीमाटीमा भित्रिने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

Vegetable-Hariyo-Tarkari-(1)-1727617830.jpeg“दुई दिन लगातार परेको झरीको प्रभाव कालीमाटीको तरकारी बजारमा पनि परेको छ । तरकारी न्यून आएको छ,” उनले भने, “कतिपय तरकारीका गाडीहरू बाटोमा आइरहेको र बाटोका कारण रोकिएको व्यवसायीहरूले बताइरहेका छन् । तर, सामान्य दिनभन्दा अहिले तरकारी आगमन कम भएको छ ।”

श्रेष्ठका अनुसार, हिजो–अस्तिको बाँकी तरकारी अहिले कालीमाटी तरकारी बजारमा बिक्री भइरहेको छ । काठमाडौं उपत्यकाभित्रबाट गोलभेडा, काँक्रो र साग आउने गर्छ । अरू हरियो तरकारी काठमाडौं उपत्यका बाहिरबाट आउँछ ।

समितिका अनुसार, गत १० गतेपछि लौका, काक्रो, पालुगो साग, हरियो खुर्सानी, स्कुस, सानो गोलभेडा, तोरीको साग, घिरौला, जिरीको साग, बन्दा, रायोको साग, स्थानीय काउली, हरियो प्याज, घिउ सिमी, तितो करेलाको मूल्य अत्यधिक बढेको छ । तर, यी हरियो तरकारी कालीमाटी बजारमा न्यून छ ।

तर, प्याज, आलु, सुकेको छ्यापी अहिले पनि भण्डराणमा रहेको श्रेष्ठ बताउँछन् । हरियो तरकारी भने बजारमा न्यून रहेको उनी बताउँछन् ।

Vegetable-Hariyo-Tarkari-(5)-1727617831.jpeg
बजारमा तरकारीको दैनिक मूल्य कसरी राखिन्छ ?

कालीमाटी तरकारी बजारमा बिहान ३ बजेबाट तरकारीहरू आउँछ । समितिका कर्मचारीहरू बिहान ५ बजे बजारका पसल पसलमा गएर एउटा सामानको तीनदेखि चारवटा नमुना लिन्छन् । त्यही अनुसार दैनिक मूल्य सूचीमा न्यूनतम अधिकतम र औसत मूल्य राख्ने गरेका छन् । समितिले नै मूल्य भने तोक्दैन । मूल्य बजारको मागले तोकिने सूचना अधिकारी श्रेष्ठ बताउँछन् ।

Vegetable-Hariyo-Tarkari-(3)-1727617831.jpeg
दुई दिनमा कुन तरकारीको मूल्य कति बढ्यो ? 

‍औसत मूल्य (रुपैयाँमा)
क्रसं कृषि उपज इकाइ असोज १० असोज १३ घटबढ प्रतिशत
हरियो धनियाँ केजी १४१.६७ ४०० १८२.३
लौका केजी ३५ ९५ १७१.४
काँक्रो (लोकल) केजी ४२.३३ ११० १५९.९
पालुँगो साग केजी ७५ १९० १५३.३
स्कुस केजी २२.३३ ५५ १४६.३
खुर्सानी हरियो केजी ९५ २२६.६७ १३८.६
गोलभेडा सानो (लोकल) केजी ३१.६७ ७५ १३६.८
खुर्सानी हरियो (बुलेट) केजी १०५ २३३.३३ १२२.२
तोरीको साग केजी ४५ ९५ १११.१
१० घिरौला केजी ६५ १३५ १०७.७
११ जिरीको साग केजी ७५ १५५ १०६.७
१२ बन्दा (तराई) केजी ३५ ७० 100
१३ काक्रो (हाइब्रीड) केजी १७.६७ ३५ ९८.१
१४ काउली स्थानीय केजी ७५ १४५ ९३.३
१५ रायो साग केजी ७५ १४५ ९३.३
१६ गोलभेडा सानो (टनेल) केजी ४६.६७ ९० ९२.८
१७ प्याज हरियो केजी १४५ २७६.६७ ९०.८
१८ बन्दा (लोकल) केजी ४५ ८५ ८८.९
१९ घिउ सिमी (लोकल) केजी ५५ ९५ ७२.७
२० घिउ सिमी (हाइब्रीड) केजी ५५ ९५ ७२.७
२१ बोडी (तने) केजी ६५ ११० ६९.२
२२ तितो करेला केजी ६५ ११० ६९.२
२३ हरियो फर्सी (डल्लो) केजी ३२.६७ ५५ ६८.४
२४ मौसम केजी ७५ १२० ६०.
२५ गाजर (लोकल) केजी १२५ १९० ५२.
२६ मकै बोडी केजी ६५ ९५ ४६.२
२७ गाजर(तराई) केजी ११० 160 ४५.५
२८ लप्सी केजी ३२.३३ ४५ ३९.२
२९ पुदीना केजी ५७६.६७ ७५० ३०.१
३० लसुन हरियो केजी २९० ३७६.६७ २९.९
३१ मेवा (भारतीय) केजी ८५ ११० २९.४
३२ चुकुन्दर केजी ७५ ९५ २६.७
३३ गान्टे मूला केजी ७५ ९५ २६.७
३४ अम्बा केजी ७५ ९५ २६.७
३५ पिँडालु केजी ५५ ६५ १८.२
३६ गोलभेडा ठूलो (भारतीय) केजी ९५ ११० १५.८
३७ च्याउ (डल्ले) केजी २७६.६७ ३०० ८.४
३८ प्याज सुकेको (भारतीय) केजी १११ ११८.३३ ६.६
३९ आलु रातो (मुडे) केजी ७१ ७४ ४.२
४० सेलरी केजी ७५० ७६० १.३
४१ सेतो मूला (हाइब्रिड) केजी २७.३३ २७.६७ १.२

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्