site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपद्‌मा मूल्य बढाउने व्यापारी र हवाई कम्पनीलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् व्यवस्थापनका लागि सरकारलाई आठबुँदे सुझाव दिएको छ । पार्टीका तर्फबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई आइतबार आठबुँदे सुझाव दिएका हुन् ।

राप्रपाले विपद् देखाएर कालोबजारी गर्ने व्यापारी र हवाई कम्पनीलाई कारबाही गर्न माग गरेको छ ।

राप्रपाले जोखिम पहिचानका लागि भौगोलिक सूचना प्रणली जीआईएस लागु गर्न, जोखिममा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन, तटबन्ध निर्माणसहित भौतिक पूर्वाधारमा पानीको निकासलाई प्राथमिकतामा राख्न, समुदायमा आधारित विपद् उद्धारका कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ ।

RPP-Gyapatra-(3)-1727609049.jpg

RPP-Gyapatra-(1)-1727609049.jpg

RPP-Gyapatra-(2)-1727609050.jpg

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्