site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको कोटाबाट कोसी योजना आयोगमा दुई सदस्य नियुक्त

विराटनगर ।‌ कोसी प्रदेश योजना आयोगको सदस्यमा दुईजना नियुक्त भएका छन् । नेपाली कांग्रेसको कोटाबाट विराटनगरकी प्रमिला गच्छदार र सुनसरीका नारायण कोइराला बिहीबार सदस्य नियुक्त भएका हुन् । गच्छदार नेपाली कांग्रेस कोसी प्रदेश समितिको महामन्त्री हुन् ।‌

माओवादी कोटाबाट नियुक्त भएका दुईजना सदस्यहरूले राजीनामा दिएसँगै मन्त्रिपरिषद्को निर्णयानुसार दुईजना नियुक्त भएका हुन् ।

माओवादी कोटाबाट यसअघि नियुक्त भएका सदस्यहरू नमिता न्यौपाने र भवानीप्रसाद बरालले पदबाट राजीनामा दिएका थिए । उनीहरूलाई प्रदेश मन्त्रिपरिषद्ले गत जेठ २८ गतेको निर्णय गरी सदस्यमा नियुक्ति दिएको थियो ।‌

केन्द्रमा गठबन्धन फेरिएर कांग्रेस–एमाले संयुक्त सराकार गठन भएसँगै प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ ।‌ पार्टीको कोटाबाट नियुक्त भएका विभिन्न निकायका पदाधिकारीहरूले समेत राजीनामा दिएका छन् । कोसीमा एमाले नेतृत्वको सरकार छ ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्