site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ लाभांश दिने युनिलिभर नेपालको घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार (आज) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१  नाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

गत वर्ष यस कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो ।

कम्पनीले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको छ ।

असोज २३ गतेसम्म यस कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ता मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्