site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलाको एक लाख ६० हजारनजिक, हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार हालसम्मकै उच्च विन्दु कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । उक्त मूल्य पार गर्दै सोमबार नयाँ रेकर्ड कायम भएको हो । आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्