site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई रविले भने– बसेर कुरा गरौँ, म रुम मिलाउँछु, बिचौलियाको घर चाहिँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी पीडितलाई न्याय दिने विषयमा आफू प्रधानमन्त्रीसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालबाट लामिछानेले भनेका छन्, "न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ । सहकारी पीडितलाई न्याय दिने नियत भए, म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि..."

Argakhachi Cement Island Ad

आइतबार राति पार्टी केन्द्रीय कार्यालयमा पार्टी नेताहरूको आकस्मिक बैठक बोलाइएको थियो । सञ्चारमाध्यममा लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको विषय बाहिरिएपछि रास्वपाले बैठक बोलाएको हो ।

बैठकपछि उनले कार्यालय परिसरमा उपस्थित भएका समर्थकहरूलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २३:३०
प्रतिक्रिया दिनुहोस्