site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबि बैंकले गर्‍यो खेती कर्जाका लागि वाग्मती गाउँपालिकासँग सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डीभी एक्सेलस प्रा.लि. (खेती एप) र वाग्मती गाउँपालिका मकवानपुरबीच एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।  गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई केन्द्रित गर्दै यो सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डीभी एक्सेलस प्रा.लि.को तर्फबाट सहसंस्थापक न्युराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक र डीभी एक्सेलस प्रा.लि. बीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्णरूपमा डिजिटल कर्जा प्रदान गर्न सम्झौता भएबमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकव छ । 

वाग्मती गाउँपालिकाले कृषि व्यवसायमा संलग्नहरूलाई यस डिजिटल कर्जामार्फत उनीहरूलाई कर्जा लगानी सहज बनाएर कृषकहरूको आर्थिक अवस्था वृद्धि गर्न तीनवटै संस्था मिलेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, प्राप्त गर्नयोग्य किसानलाई कर्जाका लागि सहजीकरण गर्ने, ऋणीहरूलाई विभिन्न खालका परामर्श सेवा प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयहरूमा सहमति भएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा कार्यालय, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २३:२२
प्रतिक्रिया दिनुहोस्