site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविको प्रश्न– कसैको राजनीति जोगाउन मैले बलि चढ्नुपर्ने ?
तस्बिर : सुनिल प्रधान/बाह्रखरी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साँध्ने प्रयास भएको बताएका छन् ।

आइतबार राति पार्टी कार्यालय वनस्थली पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले कसैको राजनीति जोगाउन आफूमाथि प्रतिशोध साँध्ने प्रयास भइरहेको बताए ।

"कसैको राजनीति जोगाउनका निम्ति मैले बलि चढ्नुपर्ने ? कसैको राजनीति बचाइदिनका लागि मैले प्रतिशोधको सामना गर्नुपर्ने ?," उनले प्रश्न गरे ।

उनले आफूलाई सरकारी निकायहरूले पक्राउको कुनै तयारी नभएको पनि बताए । "तर, सरकारको विश्वास गर्ने अवस्थामा हामी छैनौँ । त्यसैले साथी हो म एउटा कुरा भन्न चाहन्छु । मैले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि स्पष्ट पारेको थिएँ– मैले सरकारलाई स्पष्ट भनेको छु । मलाई तपाईंहरूको अनुकूलता चाहिँदैन कुनै फेवर चाहिँदैन । तर, अन्याय गर्न पाइँदैन ।"

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्