site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
केही बिराएको पनि छैन, म डराएको पनि छैन : रवि लामिछाने
तस्बिर : सुनिल प्रधान/बाह्रखरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू नडराएको बताएका छन् । आइतबार राति पार्टी कार्यालय पुगेका समर्थकहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफूले केही नबिराएको र आफू नडराएको बताएका हुन् ।

"मैले केही बिराएको पनि छैन म डराएको पनि छैन । दुई तिहाइको यो सरकारलाई हेक्का रहोस्, रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन । बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको हो," उनले भने ।

उनले आफूले हरेकपटक अनुसन्धान प्रक्रियालाई सघाएको पनि बताए । आफूले सबै चुनौतीको सामना गरेको उनको भनाइ छ ।

"म भागेर लुकेर डराएको मान्छे होइन । जो गल्ती गरेका छन्, उनीहरू भागेका छन्, उनीहरू लुकेका छन् । म यही छुँ, शिर ठाडो पारेर बसेको छु," उनले भने ।
  

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्