site stats
बाह्रखरी :: Baahrakhari
देश
छविलाल जोशी पोखरामा, स्वास्थ्य जाँच गरेर जिल्ला प्रहरी कार्यालय लगियो

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइएको छ । काठमाडौंबाट पक्राउ परेका जोशीलाई आजै विमानमार्फत पोखरा ल्याइएको हो ।

पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा उनको स्वास्थ्य जाँच गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

उनलाई सोमबार जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ । 

गोर्खा मिडियाका पूर्वसञ्चालक जोशीलाई सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्