site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले र माओवादीले देखाएको बाटो हिँडेर देश सफल हुँदैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले देखाएको बाटो हिँडेर देश सफल नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले यसअघि माओवादी र हाल एमालेसँग सहकार्य गरेको उल्लेख गरे । तर, उनीहरूले देखाएको बाटो हिँडेर देश सफल नहुने सिटौलाले बताए । कांग्रेसले देखाएको बाटोमा अरू दल हिँडे मात्र देश सफल हुने उनको भनाइ थियो ।

अरू दललाई बाटो देखाउने गरी कांग्रेसले आफ्नो रणनीति तयार गर्नुपर्नेमा उनले जोड दिए । संविधान संशोधन र देश विकासका निम्ति सबै दललाई सहमतिमा लिएर अघि बढ्नुपर्ने उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्