site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टर्कीका महिलाको आयु पुरुषको भन्दा ५.३ वर्ष बढी 

काठमाडौं । टर्कीका महिला पुरुषको तुलनामा औसत ५.३ वर्षभन्दा बढी बाँच्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । जसमा महिलाको आयु ८० वर्ष र पुरुषको ७४.७ वर्ष छ । 

उच्च शिक्षाको स्तर भएका व्यक्तिहरू लामो समयसम्म बाँच्ने गरेको तथ्यांक छ । पूर्वी टर्कीमा रहेको टुन्सेली प्रान्तको जन्मदरमा सबैभन्दा बढी आयु ८०.८ वर्ष रहेको छ । दक्षिणमा रहेको किलिस प्रान्तका स्थानीयको सबैभन्दा कम ७६.१ वर्ष रहेको छ । 

सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्