site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेटमणिको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै झलनाथले भने– यो भारतीय हो कि नेपाली ?

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीले दिएको अभिव्यक्तिको कडा शब्दमा आलोचना गरेका छन् ।

एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा उपमहासचिव चौधरीले 'कालापानी, लिम्पियाधुरा र लिपुलेख'मा भारतको दाबी स्वाभाविक रहेको अभिव्यक्ति दिएका थिए । सरकारले 'चुच्चे नक्सा निकालेर भ्रम छर्ने' काम गरेको उनको आरोप छ ।

यही अभिव्यक्तिलाई लिएर नेता खनालले चौधरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

"यो कस्तो विचित्रको अभिव्यक्ति हो ? यो भारतीय नागरिक बोल्दैछ  कि नेपाली नागरिक ? यो त सोह्रै आना राष्ट्रियता विरोधी अभिव्यक्ति हो । यो देशद्रोही अभिव्यक्ति पनि हो । यो हाम्रो एकीकृत मातृभूमिका विरुद्धको राष्ट्रघाती आवाज पनि हो," खनालले भनेका छन् ।

Jhalanath-1726503800.jpg
 

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्