site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा भारी वर्षा, बिहानसम्मै सजग रहन आग्रह
विष्णुमती नदी । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंस्थित कपन, पानीपोखरी, सुन्दरीजल, बूढानीलकण्ठ, बबरमहल र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

आइतबार राति ८:२० बजे गरिएको मापन अनुसार, पछिल्लो एक घण्टामा भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले वाग्मती धोबीखोला, विष्णुमती नदीमा भाव बढ्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा भोलि बिहानसम्मै सतर्क रहन आग्रह गरेको छ । विभागले नदी आसपास क्षेत्रबाट यात्रा गर्दा पनि सतर्कता अपनाउन भनेको छ ।

Mau-1726412359.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्