site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज एक लाख ५६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शनिबार सुन एक लाख ५६ हजार ३०० र चाँदी एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्