site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

“बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुने छ,” उनले भने ।

भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्