site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री कुर्मीद्वारा राजीनामा
फाइल तस्बिर ।

देउखुरी (दाङ) । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले आज राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए । बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट निर्वाचित कुर्मी गत साउन ९ गते मन्त्री नियुक्त भएका थिए ।

मन्त्रीमा नियुक्त भएदेखि नै उनको बारेमा मानव अधिकारकर्मीहरूले विरोध गर्दै आएका थिए । उनीमाथि नेपालगन्ज उपमहानगरपालिका–१७, परसपुर निवासी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेको आरोप र सम्पत्ति हत्याएको आरोप लगाउने गरिएको छ । रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २३:२०
प्रतिक्रिया दिनुहोस्