site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तिजपछि कोसी सरकार विस्तार : मुख्यमन्त्री कार्की 
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले तिजपछि मात्रै सरकार विस्तार हुने जानकारी दिए । कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउनसमेत आग्रह गरे ।  भने, “कांग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।”

मुख्यमन्त्री कार्कीले कांग्रेस आफ्नो कारणले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै अब चाँडै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे ।

उनले सरकार विस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जति चाँडो सरकार विस्तार हुन्छ त्यति सरकारले गति लिने जिकिर गरे । अहिलेको सरकार शासकीय सुधारतर्फ लागेको र विकासका योजनाहरूलाई तीव्र गति दिइने बताए । 

फरक प्रसंगमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सरकारका बारेमा नमिठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गरे । उनले भने, “अमर्यादित बोल्ने, तथ्यबिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।”

सरकार गतिशील र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यतातिर जाने नभइ काम गर्न लागि पर्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्