site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तोसिमा कार्कीको प्रश्न– देश डुबिरहेछ, सरकार के जोखना हेरिरहेछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सरकार विपद्का घटनामा उदासीन देखिएको गुनासो गरेकी छन् । आज संसद्‌मा कार्कीले सरकारले विपद्का घटनामा उदासीनता देखाएको बताइन् ।

१४ साउनमा आफूले विपद् व्यवस्थापनसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको स्मरण गर्दै उनले भनिन, "त्यो प्रस्तावमाथि साढे २ घण्टा छलफल भयो । २८ जना सांसदले आफ्नो कुरा राख्नुभयो, स्वयं गृहमन्त्रीज्यूले संसद्को रोस्ट्रममा उभिएर केही प्रतिबद्धता गर्नुभयो, तर व्यवहारमा देखिएन ।"

उनले एक महिनामा देशभर ६०२ वटा विपद्का घटनामा परेर ७२ जनाको ज्यान गएको तथ्यांक प्रस्तुत गरिन् । त्यसक्रममा उनले एउटा पुरानो भनाइ स्मरण गरिन्, "रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ भने जस्तै देश डुबिरहेछ, बगिरहेछ । सरकार के जोखना हेरिरहेछ ?"

जोखिमको पूर्वतयारी, नक्सांकन र व्यवस्थापनका लागि सरकारले के तयारी गरिरहेको छ भन्दै उनले प्रश्न गरिन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्