site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्यमन्त्री कार्यालय भन्छ– मनाङेको राजीनामा आएको छैन

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री दिपक मनाङे (राजीव गुरुङ)ले राजीनामा दिएको भने पनि मुख्यमन्त्री कार्यालयले भने अहिलेसम्म पत्र नआएको बताएको छ ।

सोमबार मन्त्रिपरिषद् पुनर्गठन हुँदा मन्त्री मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले राजीनामा दिएको बताएका छन् । “मैले राजीनामा दिइसकेँ, स्वीकृत होला,” उनले भने ।

तर, मुख्यमन्त्री कार्यालयले भने अहिलेसम्म पत्र नआएको जवाफ दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले अहिलेसम्म कुनै पत्र नआएको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्