site stats
बाह्रखरी :: Baahrakhari
देश
कटुवा पेस्तोलसहित युवक समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कटुवा पेस्तोलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१३, राजपुरका २१ वर्षीय वीरेन्द्र रानालाई पक्राउ गरिएको हो ।

गोदावरी–५, गेटा बिस्कुट फ्याक्ट्रीनजिकबाट कटुवा पेस्तोल एकथानसहित आइतबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्