site stats
बाह्रखरी :: Baahrakhari
देश
क्यान्सर अस्पतालको तेस्रो तलाबाट हाम फालेकी महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालबाट हाम फालेकी एक महिलाको मृत्यु भएको छ । 

शुक्रबार थाइराइडको क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी ललितपुर महानगरपालिका–८ की ६४ वर्षीया फुलमाया तामाङको मृत्यु भएको हो । 

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका अनुसार शनिबार अस्पतालको ‘ए’ ब्लकको तस्रो तलाबाट फुलमायाले हाम फालेकी हुन् । गम्भीर घाइते फुलमायाको आइतबार बिहानै मृत्यु भएको हो । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्