site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चेक बाउन्स हुँदा अर्को बैंकमा कारोबार गर्न पाउने व्यवस्था गर्नु हुँदैन : सांसद गैरे

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले चेक बाउन्स हुँदा अर्को बैंकमा कारोबार गर्न पाउने व्यवस्था हुन नहुने बताएका छन् । 

आइतबार अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफलमा भाग दिँदै सांसद गैरेले यस्तो बताएका हुन् । 
 
“चेक बाउन्स हुँदा पनि अर्को बैंकमा कारोबार गर्न पाउने व्यवस्था हुनुहुँदैन । यसमा टाइट गर्नुपर्छ । राज्यका निकायमा छ भने उसको सेवा सुविधा कटप गर्नुपर्छ,” उनले भने ।

बैंकिङ कसुर लागेकोलाई सामाजिक प्रतिष्ठाबाट पनि बन्चित हुने व्यवस्था गर्न उनले आग्रह गरे । त्यस्तै, धितो मूल्यांकनमा बैंकलाई बढी जवाफदेही बनाउनुपर्नेमा पनि जोड दिए । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्