site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गलत बाटोतर्फ अग्रसर रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको नेताको तर्फबाट सम्बोधन गर्दै सरकारलाई खबरदारी गर्ने बताए । 

उनले विपक्षी दलको नेताको रूपमा आफूले पहिले नै रोष्ट्रम प्रयोग गर्न सक्ने भए पनि ‘हनिमुन पिरियड’सम्म नबोल्ने सोचेको बताए । “म सरकारलाई हनिमुन पिरियडसम्म शंकाको सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्नेमा थिएँ,” उनले भने । 

प्रचण्डले सरकारसँग इमान नरहेको बताए । “सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर उन्मुख छ । जनताभन्दा स्वार्थ समूहको सेवामा अग्रसर छ,” उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्