site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित राजदूतहरूविरुद्ध परेको उजुरी खोल्दै संसदीय सुनुवाइ समिति

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूविरुद्ध प्राप्त उजुरी तथा सूचनाहरू आज समिति सदस्यहरूलाई वितरण गर्ने भएको छ । 

बिहान ११ बजे बने समितिको बैठकमा उजुरी र सूचनाहरू खोलेर समिति सदस्यहरूलाई अध्ययनका लागि वितरण गर्ने भएको हो । 

प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका  सदस्यहरूलाई वितरण गर्ने र संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन कार्यतालिका तयार गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

सरकारले शंकरप्रसाद शर्मा (भारत), श्रीकान्त रिजाल (अस्ट्रेलिया), नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राध्यापक डा. कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), प्राध्यापक धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलंका), सनिल नेपाल (स्पेन), सहिल रुपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका)का लागि राजदूतमा सिफारिस गरेको छ ।

चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा. शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), जंगबहादुर चौहान (रुसी महासंघ), रमेशचन्द्र पौडेल (कतार), प्रा.डा.कृष्णप्रसाद ओली (चीन), सुम्निमा तुलाधर (डेनमार्क), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), प्रकाशमणि पोखरेल (पोर्चुगल), रिता धिताल (पाकिस्तान)लाई राजदूतमा सिफारिस गरेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्