site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुलको लगातार दोस्रो जित 

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ । आइतबार घरेलु मैदान एन्फिल्डमा लिभरपुलले बेन्टफोर्डलाई २–० ले हराएको हो ।

घरेलु समर्थकमाझ १३औँ मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ७०औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । यसपछि थप गोल नहुँदा लिभरपुलले २–० को जित निकालेको हो ।

जितसँगै लिभरपुल ६ अंकसहित तालिकाको चौथो स्थानमा छ । लिभरपुलभन्दा माथिका आर्सनल, ब्राइटन र म्यानचेस्टर सिटीले पनि समान ६ अंक जोडेका छन् । १३औँ स्थानको ब्रेन्टफोर्डको तीन अंक छ ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्