site stats
बाह्रखरी :: Baahrakhari
देश
मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–ऑबुखैरेनी सडकखण्ड चार घण्टा बन्द 
ऑबुखैरेनी २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार दुर्घटना भएको भारतीय बस ।

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । ऑबुखैरेनी २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो ।

राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिएपनि दश मिटरमात्रै तानिएको उनको भनाइ छ । उनले भने, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“ 

पोखराबाट काठमाडौंतर्फ जॉदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्