site stats
बाह्रखरी :: Baahrakhari
देश
बिहार बस दुर्घटना : बारागढी गाउँपालिकाका ४५ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । भारतको बिहार राज्यको समस्तीपुरमा भएको बस दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३, मूर्तिपलियाका ४५ जना घाइते भएको खुलेको छ । उनीहरूमध्ये तीनजना गम्भीर घाइते छन् । दुईजना सकुशल छन् ।

गम्भीर घाइते हुनेमा देवनारायण पण्डित, सुवोध साह तेली र नौ वर्षीया बालिका छन् ।

बसमा २५ महिला र ६ बालबालिकासहित ४७ तीर्थयात्री सवार थिए ।

ना७ख ६४४६ नम्बरको बस आइतबार बिहान दुर्घटना भएको हो । ट्रकले ठक्कर दिँदा बस दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनमा परेकाहरूको अवस्था बुझ्न बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जसयवालसहितको टोली समस्तीपुर गएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्