site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा पनि देखियो हैजा, संक्रमितको संख्या ६७ पुग्यो

काठमाडौं । सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । २३ अगष्टसम्म ६ जिल्लाका ६७ जनामा हैजा पुष्टि भएको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

पछिल्लोपटक २१ अगष्टमा मकवानपुरमा पनि दुईजनामा हैजा पुष्टि भएको छ । ललितपुरमा सबैभन्दा धेरै ४७ जना संक्रमित भएका छन् । काठमाडौंमा ९, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको  छ ।

संक्रमित हुनेमा ३० जना महिला र ३७ पुरुष छन् ।  १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्