site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा स्कुल बस दुर्घटना, चालक घाइते 

पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । शुक्रबार न्यू मोडेल सेकेन्डरी स्कुलको बस पोखरा महानगरपालिका–१७ स्थित आँखा अस्पताल चोकमा दुर्घटना भएको हो ।

बसमा विद्यार्थी भने थिएनन् । घाइते चालकलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुलिसकेको छैन ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्