site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा प्रहरीको छापा

काठमाडौं । प्रहरीको मानवबेचविखन अनुसन्धान ब्युरोको टोलीले नेपाल संगीत उद्योग संघको केन्द्रीय कार्यालयमा छापा मारेको छ । अनामनगरस्थित कार्यालमा बुधबार छापा मारेको ब्युरोका एसपी गौतम मिश्रले जानकारी दिए ।

गैरसंगीतकर्मी र कलाकारलाई मोटो रकम असुल गरेर विभिन्न देश पठाउने गुनासो आएपछि ब्युरोले छापा मारेको हो । 

एसपी मिश्रका अनुसार अहिले कार्यालयमा भएका कागजात हेर्ने काम भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्