site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बुधबार (आज) बस्दै छ । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रिय भेलासहितका विषयमा छलफल हुने रास्वपा नेता मनिष झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे छलफल हुनेछ ।

बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ ।

केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताए ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्