site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सोलुखुम्बुको थामेमा टेलिफोन र इन्टरनेट सेवा सुचारु

काठमाडौं । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ स्थित थामेमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको छ ।

आइतबार राति नेपाल टेलिकमले नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्सेलगायत क्षेत्रका बीटीएस टावर सुचारु भएर मोबाइल सेवा स्थापित भइसकेको जनाएको छ ।

गत शुक्रबार (साउन ३२ गते) हिमताल फुटेर थामेमा आएको बाढीका कारण टेलिफोन सेवा अवरुद्ध बनेको थियो । बिजुलीमा आएको समस्याका कारण सेवा अवरुद्ध बनेको नेपाल टेलिकम‍ले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २३:०१
प्रतिक्रिया दिनुहोस्