site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगातार चार दिन उच्च अंकले बढेर नेप्सेमा ८.१८ अंकको करेक्सन

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार चार दिन उच्च अंकले बढेर मंगलबार ८.१८ अंकले करेक्सन आएको छ । 

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । आज २१ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

८० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । यस दिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १३ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ ।

सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ । यो समूहको परिसूचक १.५७ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक २.२५ प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्