site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य हुँदैन : रवि लामिछाने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको सुरुआती संकेतलाई जनताले मूल्यांकन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको उल्लेख गरे । 

उनले छिटै पार्टीका तर्फबाट सरकारको कामकारबाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे । लामिछानेले विद्युत् प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुईमत नरहेको स्पष्ट पारे ।

त्यस्तै, भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्